मिति ः २०७४।१०।२५

यस क्याम्पसमा स्नातक तह (सन्ध्याकालीन सत्र), तेस्रो वर्षमा अध्ययनरत छात्रा देवीका तामाङ (स्थायी ठेगाना ः हल्देकाली, ७ नुवाकोट) को असामयिक निधनको समाचारले क्याम्पस परिवार मर्माहत भएको छ । यस दुखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०७४ माघ २८ गते आइतवारका दिन पठनपाठनका सम्पूर्ण कार्यक्रम बन्द हुने व्यहोरा सम्बन्धित सबैका लागि जनकारी गराइन्छ ।

क्याम्पस प्रशासन